तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२८ फागुन २०८१
तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २८ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस