casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाली चियाको निर्यात बढ्दो

अनलाइनसमय |
१० पुष २०८१
नेपाली चियाको निर्यात बढ्दो

काठमाडौं, १० पुस । नेपालको चिया उद्योगले केही दशकयता अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ । नेपाली चियाको विशेषता यसको प्राकृतिक स्वाद, अर्गानिक गुणस्तर र हावापानीसँग जोडिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिना रू. २ अर्ब ८८ करोड ६६ लाख मूल्य बराबरको चिया निर्यात भएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ५४ दशमलव २२ प्रतिशत बढी हो । गत वर्षको पहिलो पाँच महिनामा रू. १ अर्ब ८७ करोड १७ लाखको निर्यात भएको थियो ।

नेपालमा उत्पादन भएका चियामध्ये सबैभन्दा धेरै निर्यात मेची भन्सारबाट हुँदै आएको छ । यो भन्सारबाट मात्रै चालू आवको पहिलो पाँच महिनामा साढे दुई अर्ब रुपैयाँको चिया निर्यात भएको छ । भन्सारको तथ्याङ्क अनुसार पाँच महिनामा रू. दुई अर्ब ७० करोड ३९ लाखको चिया निर्यात भएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ६४ दशमलव ११ प्रतिशत बढी हो । यो भन्सारबाट गत वर्षको सोही अवधिमा रू. १ अर्ब ६४ करोड ७५ लाख मूल्य बराबरको चिया निर्यात भएको थियो । चिया निर्यात हुने प्रमुख देशहरूमा भारत, युरोप, चीन, अमेरिकालगायत रहेका छन् ।

नेपालमा २० हजार दुई सय ३० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती हुन्छ । नेपालले हरेक वर्ष खान योग्य चिया करिब २ करोड ६५ लाख केजी उत्पादन गर्दछ । विशेषगरी इलाम, झापा, पाँचथर, तेह्रथुमलगायत क्षेत्रहरूमा उत्पादन हुन्छ ।

हाल, नेपालमा साना–ठूला गरी १६१ वटा चिया उद्योगहरू छन् । यी उद्योगहरूमा करिब ६० हजारभन्दा बढी श्रमिक रहेको नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दिपक खनालले बताए । उनले भने, ‘पात टिप्ने, प्रशोधन गर्ने, छाँटकाँट गर्नेदेखि अन्य काममा श्रमिकहरुको ठूलो उपस्थितिको जरुरी हुन्छ ।’ चिया उद्योगलाई समृद्ध गर्न, उत्पादनमा विस्तार, गुणस्तरमा सुधार, बजारीकरणलगायत सन्दर्भमा अझै जनशक्ति थप गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले नेपालमा उत्पादित वस्तुहरू निर्यातका लागि ८ प्रतिशत निर्यात अनुदान दिने गरेको छ । चिया निर्यातको लागि भने छुट्टै कार्यविधि बनाएर लैजानुपर्ने निर्देशक खनालको भनाइ छ । ‘चियाको उद्योगी व्यावसीयहरूले चिया निर्यात अनुदानको कुरा गर्न जाँदा ५ प्रतिशत पाउने भन्ने कुरा आएको छ,’ उनले भने ।

चिया निर्यात बढाउन गुणस्तर सुधार, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच बलियो बनाउन जरुरी छ । विगत लामो समयदेखि भारतीय बजारमा मात्र निर्भर हुने परम्परा तोड्दै अन्य वैकल्पिक बजार खोज्नुपर्ने उनले बताए । भारतीय बजारको निर्भरता, भन्सार प्रक्रियाको झन्झटिलोपन, प्रमाणीकरण र गुणस्तर सुधारमा सरकारले ध्यान दिएर आवश्यक पहल गरिदिए चिया निर्यात केही सहज हुनेमा उनी विश्वस्त छन् ।

नेपालको चिया उद्योगलाई सुधार गर्न र किसानहरूको जीवनस्तर उकास्न दीर्घकालीन नीति बनाउनुपर्छ । निर्यात अनुदान र व्यावसायिक योजना बनाएर चिया उद्योगलाई नयाँ ऊचाइमा पुर्‍याउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun