सोमबार १०.१४ अङ्कले घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
३ चैत २०८१
सोमबार १०.१४ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं, ४ चैत । कारोबारको दास्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से १० दशमलव १४ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ७ बिन्दुमा कायम भएको छ ।

आज ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ८७ धितोपत्रको शेयर मूल्य बढ्दा १४४ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३३१ धितोपत्र कारोबारमा आएका छन् ।

आज उत्पादन समूहको उपसूचक सर्वाधिक शून्य दशमलव ४४ प्रतिशतले बढेको छ । त्यस्तै लगानी र होटल तथा पर्यटन शून्य दशमलव १८, फाइनान्स शून्य दशमलव १२ प्रतिशतले बढेको छ । यसदिन व्यापार ३ दशमलव ३८, विकास बैंक शून्य दशमलव ९२ र अन्य समूहको उपसूचक शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

सोमबार राप्ति हाइड्रोको ९ दशमलव ८६, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ०३ र ग्रिन डेभलपमेन्ट बैंकको ५ दशमलव ३३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज महालक्ष्मी विकास बैंक ५ दशमलव ४१, घलेम्दी हाइड्रोको ४ दशमलव ५८ र विशाल बजार कम्पनीको शेयर मूल्यमा ३ दशमलव ७३ ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस