काठमाडौं, ४ चैत । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले यस्तो व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।
‘बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ’, बैठकमा उनले भने ।