सुनको मूल्य हालसम्मकै उच्च, तोलामै ४ हजारले बढ्यो

अनलाइनसमय |
३० फागुन २०८१
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै ४ हजारले बढ्यो

काठमाडौं, १ चैत । शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा ४ हजार रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस