७ महिनामा ८ अर्ब ५९ करोडको बीमालेख समर्पण

अनलाइनसमय |
१९ फागुन २०८१
७ महिनामा ८ अर्ब ५९ करोडको बीमालेख समर्पण

काठमाडौं, १९ फागुन । चालू आर्थिक वर्ष २०८१–८२ को माघ महिनासम्ममा नेपालका विभिन्न जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पणको संख्या ६२ हजार ५२३ पुगेको छ । सो संख्यामा बीमालेख समर्पण मूल्य ८ अर्ब ५९ करोड २ लाख रहेको छ ।


बीमा समर्पण संख्याका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल अग्रस्थानमा देखिएको छ । यस कम्पनीमा १५ हजार ३६२ बीमालेख समर्पण भएका छन् । समर्पण मूल्य २ अर्ब ५९ करोड ७९ लाख रहेको छ । यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १४ हजार २५ बीमालेख समर्पण भएका छन्, यसको समर्पण मूल्य २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ रहेको छ ।नेपालभर बीमालेख समर्पणका घटनामा उल्लेख्य वृद्धि देखिएको छ, जसले बीमा बजारमा बीमितहरूको व्यवहार र वित्तीय व्यवस्थापनलाई झल्काउँछ । बीमा कम्पनीहरूले यो अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन योजनाहरूका लागि आवश्यक रणनीति अपनाउनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस