काठमाडौं, १८ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा आवेदन दिने म्याद ७ दिन थप गरिएको छ ।
नेप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले एक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरिएको जानकारी गराएको हो । योसँगै इच्छुक उम्मेदवारले फागुन २५ गतेससम्म आवेदन दिन सकिने छ ।
यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज (फागुन १८ गते)सम्म तोकिएको थियो । यस अवधिमा ३ दिन सार्वजनिक बिदा परेपछि आवेदन दिने म्याद थपिएको समितिले जनाएको छ ।