काठमाडौं, ५ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ११ जनाको निवेदन परेको छ ।
सिफारिस समितिले सोमबार आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । समितिले आवेदन दिने अन्तिम दिन आइतबारसम्म ११ जनाको दरखास्त स्वीकृत भएको भन्दै नामावलीसहितको सूचना प्रकाशित गरेको हो ।
समितिले २४ माघमा स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो ।
समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्ययोजनासहित अन्तर्वाताका लागि बोलाएको छ । कार्ययोजनाको अध्ययन र अन्तर्वार्तापश्चात् समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।
