काठमाडौं, १६ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनसुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।