काठमाडौं, १४ माघ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा ६५ लाख धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिन पुगेका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त धरौटी बदर गर्न र साधारण तारेखमा छाड्न माग गर्दै लामिछाने सोमबार कास्की अदालत पुगेका हुन् ।
यसअघि धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो । न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो ।
एउटा अदालतको आदेश चित्त नबुझेको खण्डमा उपल्लो तहको अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था अनुसार उच्च अदालतमा निवेदन लिएर लामिछाने पुगेका हुन् ।