आज एकैदिन १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

अनलाइनसमय |
९ माघ २०८१
आज एकैदिन १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

काठमाडौं, ९ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज एकैनि प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महाुंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस