पाँच महिनामा ६५ अर्ब नाघ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीको कति ?

अनलाइनसमय |
१० पुष २०८१
पाँच महिनामा ६५ अर्ब नाघ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीको कति ?

काठमाडौं, १० पुस । चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा जीवन बीमाको व्यवसाय ६५ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार मंसिरसम्ममा १४ वटा जीवन बीमा कम्पनीले कुल ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही आवधिको तुलनामा ६ दशमलव ४६ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको जीवन बीमाको व्यवसाय भएको थियो ।

पाँच महिनामा व्यवसायमा उठेको बीमा शुल्कमध्ये नवीकरण बीमा शुल्कमार्फत ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ, जुन गत आवको मंसिरसम्मको तुलनामा २ दशमलव ५७ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा ५० अर्ब ७७ करोड बीमा शुल्क उठेको थियो ।

त्यस्तै प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ, जुन गत आवको मंसिरसम्मको तुलनामा १३ दशमलव प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको थियो ।

चालू आवको मंसिरसम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड ३३ लाख ४२ हजार २४६ रहेको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा जीवन बीमाको व्यवसाय सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । कम्पनीले मंसिरसम्ममा १८ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ७ अर्ब ९८करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)ले ७ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ ।

रु. लाखमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस