अमेरिकाले सन्दीपलाई दियो भिसा, आजै बेलुका उड्ने

अनलाइनसमय |
२ कार्तिक २०८१
अमेरिकाले सन्दीपलाई दियो भिसा, आजै बेलुका उड्ने

काठमाडौं, २ कार्तिक । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आजबाट नेपाल र अमेरिकाबीच टी–२० सिरिज सुरु भएको छ । शुक्रबार भएको पहिलो खेल नेपालले जितेको छ । नेपालले अब दोस्रो खेल आइतबार खेल्नेछ ।

नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस