काठमाडौ., २७ असार । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
यस्तै बैठकमा कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भोली २८ गते विस्वासको मत लिंदै छन् ।