• Uncategorized, ताजा समाचार, देश

    उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

     83 Views
    उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    साथै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

    सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा उनले अनुरोध गरेका छन् ।

    सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको भन्दै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment