काठमाडौं, ३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष रकम तथा सोको थप दस्तुर तथा जरिवाना नबुझाउने २० वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ ।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले बिहीबार (आज) सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण नभएका ती सेवा प्रदायकहरूलाई १५ दिनभित्र बक्यौता रकम चुक्ता गरी प्राधिकरणलाई जानकारी गराउन भनेको हो ।
तोकिएको समयावधिभित्र बक्यौता रकम चुक्ता नगरेमा सम्बन्धित सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ । बाँकी बक्यौता रकम भने प्रचलित कानुनबमोजिम असुल गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
साथै, प्राधिकरणले सेवा प्रयोगकर्ताहरूलाई सेवा प्रयोग वा खरिद गर्दा प्राधिकरणबाट नियमानुसार अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकहरूबाट मात्र सेवा लिन अनुरोध गरेको छ ।
बक्यौता तिर्न ताकेता गरिएका २० सेवा प्रदायकहरू :
१. अलिशा कम्युनिकेसन लिङ्क प्रा.लि. (बछ्यौली गा.वि.स.–२, चितवन)
२. एरोनेट प्रा.लि. (त्रिपुरेश्वर–११, काठमाडौं)
३. ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेसन लिमिटेड (सानेपा, ललितपुर)
४. क्लासिक टेक प्रा.लि. (नयाँ बानेश्वर, काठमाडौं)
५. कम्युनिकेसन एण्ड कम्युनिकेट नेपाल प्रा.लि. (जावलाखेल, ललितपुर)
६. एभरेस्ट वायरलेस नेटवर्क प्रा.लि. (नारायण नगरपालिका–१, दैलेख)
७. जी.आर.एस. लिङ्क इन्टरनेट सर्भिस प्रा.लि. (व्यास नगरपालिका–०२, तनहुँ)
८. आई. जोन प्रा.लि. (उर्लाबारी–२, मोरङ)
९. कालिका नेट प्रा.लि. (चापाकोट, स्याङ्जा)
१०. खप्तड नेट प्रा.लि. (मङ्गलसेन, अछाम)
११. कनेक्ट नेपाल नेटवक्र्स प्रा.लि. (थासीखेल–५, ललितपुर)
१२. मर्कन्टाइल कम्युनिकेसन प्रा.लि. (दरबारमार्ग, काठमाडौं)
१३. नेक्स्ट गिकर्स प्रा.लि. (काठमाडौं महानगरपालिका–२९)
१४. नुम्बुर नेटवर्क प्रा.लि. (काठमाडौं महानगरपालिका–७)
१५. पोखरा इन्टरनेट प्रा.लि. (गैह्रापाटन, पोखरा, कास्की)
१६. साङ्ग्रिला इन्फर्मेटिक्स प्रा.लि. (काठमाडौं महानगरपालिका–३३, अनामनगर)
१७. सुपर सितापाइला केबल नेट प्रा.लि. (नागार्जुन नगरपालिका–०४, काठमाडौं)
१८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड (भरतपुर–३, चितवन)
१९. अल्ट्रानेट कम्युनिकेसन प्रा.लि. (बनेपा नगरपालिका–१०, काभ्रेपलाञ्चोक)
२०. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रा.लि. (धुम्बाराही, काठमाडौं)