११.०५ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

अनलाइनसमय |
२ मंसिर २०८३
११.०५ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, २ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ०५ अंकले घटेर दुई हजार ६२५ दशमलव ०५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ७० धितोपत्रको शेयर मूल्य बढ्दा १९९ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४७ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ । यसदिन व्यापार समूह सर्वाधिक २ दशमलव ४९ प्रतिशतले घटेको छ ।

आज सानिमा लार्ज क्याप फण्ड ३ दशमलव २६ र कुमारी सवल योजनाको शेयर मूल्य ३ दशमलव १७ प्रतिशतले बढेको छ ।

यसदिन एभरेष्ट कलर ८ दशमलव ६३, सयपत्री हाइड्रोपावर ६ दशमलव ६५, भिजन लुम्बिनी उर्जा ५ दशमलव ४९, शिर्जनशील लघुवित्त ४ दशमलव ५८ र चिर्ख्वा हाइड्रोपावर शेयर मूल्य ४ दशमलव ३८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस