काठमाडौं, १८ कात्तिक । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
नेपाल भ्रमणका क्रममा मिस्रीले नेपाली समकक्षी राईसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे समीक्षा हुनुका साथै दुई देशबीच आपसी हित र चासोका विषयमा छलफल तथा विचार आदानप्रदान हुनेछ ।