काठमाडौं, २३ असोज । कारोबारको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १७ दशमलव १५ अंक बढेर २ हजार ५९१ दशमलव ८० अंकमा कायम भएको हो ।
बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको कारोबार भएकोमा यस दिन ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज १८० कम्पनीको मूल्य बढ्दा ८९ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो । आज ३५३ कम्पनी कारोबारमा आएका थिए ।
१३ समूहको उपसूचक नै आज बढेको छ । शुक्रबार सबैभन्दा धेरै बैंकिङ १ दशमलव २८ प्रतिशतले बढेको छ ।