Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

यी स्थानमा आज ठूलो पानी पर्ने सम्भावना

अनलाइनसमय |
२४ भदौ २०८३
यी स्थानमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान भन्दा थोरै उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको  छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

सुदुरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । साथै मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती प्रदेशको हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भू–भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागक थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भू–भागका समेत एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun