५.३० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

अनलाइनसमय |
९ भदौ २०८३
५.३० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, ९ भदौ । मंगबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ३० अंकले घटेर दुई हजार ५९९ दशमलव २७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४४ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ७८ धितोपत्रको शेयर मूल्य बढ्दा १८७ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५७ धितोपत्र कारोबारमा आएका छन् ।

आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स १४ दशमलव ९५, नदिप लघुवित्त ६, एभरेष्ट कलर ५ दशमलव ७१ र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५६ प्रतिशतले बढेको छ ।

यसदिन धौलागिरी लघुवित्त १० दशमलव ०७, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड ५ दशमलव ४३, सिटिजन्स सन्तुलित योजना ४ दशमलव ८८ र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ४ दशमलव २३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस