काठमाडौं, १३ साउन । नेपालमा बाघको सङ्ख्या ४ सय २९ पुगेको छ । बुधबार चितवनमा सार्वजनिक गरिएको राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा अनुसार बाघको संख्या बढेको हो । यसअघि बाघको संख्या ३५५ थियो ।
सार्वजनिक नतिजा अनुसार चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् ।
विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।
तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो ।
नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा नेपालमा सङ्ख्या ३५५ रहेको थियो । सो वर्षको गणनामा सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए ।