कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ३ हजार नाघ्यो, १ हजार ३५४ जनाको मृत्यु

अनलाइनसमय |
१० साउन २०८३
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ३ हजार नाघ्यो, १ हजार ३५४ जनाको मृत्यु

काठमाडौं, १० साउन । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ । शनिबार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्या ३ हजार ७५ पुगेको हो ।

कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म सङ्क्रमणका कारण १ हजार ३५४ जनाको मृत्यु भइसकेको छ भने ५५६ जना निको भएका छन् । बाँकी ७५५ जना बिरामीको अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको छ ।

यो प्रकोप हाल इटुरी, उत्तरी किभु, दक्षिणी किभु, ओत–उएले र छोपो गरी पाँचवटा प्रान्तमा फैलिएको छ । प्रकोप निम्त्याउने मुख्य भाइरस ’बुन्डिबुग्यो इबोला भाइरस’ रहेको र यसको नियन्त्रणका लागि अनुसन्धानकर्ताहरू खोप तथा उपचारविधिको विकासमा जुटिरहेको प्रधानमन्त्री जुडिथ सुमिन्वा तुलुकाले शुक्रबार जानकारी दिए ।

आउँदो ‘दुईदेखि चार महिनाभित्र खोप र उपचार उपलब्ध हुनसक्ने आशा व्यक्त गर्दै उनले सरकारले अनुसन्धानका लागि बजेट छुट्याएको बताए । यद्यपि, अनुसन्धान कुन चरणमा छ वा स्वीकृतिको प्रक्रिया के हुन्छ भन्नेबारे थप विवरण भने दिइएको छैन ।

हालसम्म बुन्डिबुग्यो इबोला भाइरसविरुद्धको कुनै पनि स्वीकृत खोप वा विशेष उपचार विधि उपलब्ध छैन । केही प्रयोगधर्मी खोप र औषधिहरू अहिले क्लिनिकल परीक्षणको क्रममा छन् ।
यसैबीच, अक्सफोर्ड विश्वविद्यालयले बुन्डिबुग्यो भाइरसविरुद्ध लक्षित ’ऋजब्मइह१ द्यम्द्यख्’ नामक खोपको मानव परीक्षण सुरु गरेको घोषणा गरेको छ। शुक्रबार पहिलो स्वयंसेवकलाई यो खोप दिइएको र यो विश्वकै पहिलो मानव परीक्षण भएको विश्वविद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस