casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जनमतको फैसला र नेपाली मिडियाको ‘Upgrade’ ‘पात्र फेरिए, अब प्रवृत्ति र पद्धति फेर्ने पालो मिडियाको’

अनलाइनसमय |
२४ फागुन २०८२
जनमतको फैसला र नेपाली मिडियाको ‘Upgrade’ ‘पात्र फेरिए, अब प्रवृत्ति र पद्धति फेर्ने पालो मिडियाको’

वासुदेव दाहाल

यसपटकको निर्वाचन परिणामले नेपाली जनताको सुझबुझपूर्ण र स्पष्ट चाहनालाई अभिव्यक्त गरेको छ। यो परिवर्तन र सुखद नतिजालाई हामीले एउटा ‘ऐतिहासिक प्रस्थान विन्दु’ का रूपमा स्वीकार्नुपर्छ। जनमतले प्रस्ट पारेको छ— नेपाली जनता अब ‘बफुन राजनीति’ (Buffoon Politics) बाट थाकिसकेका छन् र उनीहरू ‘Structural Agency’ खोजिरहेका छन्।

तर, यतिबेला हाम्रो ‘Elite Circle’ मा एउटा गम्भीर संशय पनि व्याप्त छ। धेरैले यो परिवर्तनलाई ‘Western Design’ वा नियोजित ‘Color Revolution’ का रूपमा व्याख्या गरिरहेका छन्। कतिपयले यसलाई बाह्य शक्तिको इसारामा भएको भन्दै संशय व्यक्त गरिरहेका छन्।

यहीँनेर हाम्रो ‘Strategic Literacy’ को परीक्षण हुन्छ। बाह्य प्रभावलाई नकार्न सकिँदैन, तर यदि हामीसँग आफ्नो ‘National Doctrine’ छैन भने हामी सधैँ अरूको ‘डिजाइन’ को मात्र चर्चा गरिरहनेछौँ। अबको नेपाली मिडिया र बौद्धिक वृत्तले आफूलाई ‘Upgrade’ गर्नैपर्छ:

१. समाचारबाट दर्शनतर्फ : अब मिडियाले “कसले जित्यो?” मात्र होइन, “जितेकाले नेपालको ‘Strategic Autonomy’ लाई कसरी जोगाउँछन्?” भन्ने बहस उठाउनुपर्छ। यस क्रममा मिडियाले आफ्नो एथिकल जिम्मेवारी—सत्यपरक, निष्पक्ष, र संवेदनशील समाचार प्रवाह—पालन गर्नुपर्नेछ। धर्मजस्तो व्यवहारिक मार्गदर्शनको रूपमा, मिडियाले जनताको दीर्घकालीन हित र राष्ट्रिय उद्देश्यलाई प्राथमिकता दिनुपर्छ। यसले केवल घटना रिपोर्टिङको सिमा नाघेर, नीति, संरचना, र सामाजिक प्रभावसम्बन्धी बहसलाई प्रोत्साहित गर्दै, नागरिकलाई सजग र सूचित बनाउने भूमिका निर्वाह गर्नुपर्छ। बाह्य प्रभावको कुरा उठ्दा पनि मिडियाले सनियन्त्रित, तथ्य आधारित र राष्ट्रीय दृष्टिकोणलाई कायम राख्दै, ‘Internal Agency’ लाई सशक्त बनाउने तरिका खोज्नुपर्छ।

२. Buffer बाट Bridge तर्फ:  ‘नेपा: डक्ट्रिन ३.१’ ले प्रस्ताव गरेझैँ, नेपालले कुनै देशको ‘प्रोक्सी’ बन्ने खालको भूमिका नलिनुपर्छ। यसको सट्टा, दुई छिमेकी र विश्व शक्तिहरूबीच उत्पन्न हुने तनाव र प्रतिस्पर्धाबीच नेपालले आफ्नै स्वायत्त रणनीति अपनाउँदै एक ‘Vibrant Bridge’ बन्नु पर्छ। यस अर्थमा, नेपालले कूटनीतिक र बौद्धिक नेतृत्व देखाउँदै, द्विपक्षीय र बहुपक्षीय सम्बन्धमा सन्तुलन कायम गर्ने माध्यम खोज्नु आवश्यक छ। यस्तो दृष्टिकोणले देशलाई बाह्य प्रभावबाट जोगाउँछ, राष्ट्रिय हितलाई प्राथमिकता दिन्छ, र नेपाललाई क्षेत्रीय र विश्व स्तरमा सक्रिय, सम्मानजनक, र स्वतन्त्र खेलाडीको रूपमा प्रस्तुत गर्छ।”

३. संस्थागत निष्ठा (Institutional Integrity):  नयाँ राजनीतिक शक्तिहरूको उदयलाई बाह्य प्रभाव र स्वार्थ (‘Interest’) बाट जोगाउँदै, राज्यका संस्थाहरूलाई बलियो र आत्मनिर्भर बनाउने माध्यम बन्नु आवश्यक छ। यसको अर्थ, राजनीतिक परिवर्तनले संस्थागत कमजोराइँलाई बढाउने सट्टा, न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र अन्य सरकारी संरचनाहरूको क्षमता र विश्वसनीयतालाई मजबुत पार्नुपर्छ। यस्तो दृष्टिकोणले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने र राष्ट्रिय स्वायत्तता कायम राख्ने अवसर प्रदान गर्छ।”

हाम्रो फोरम ‘Statecraft Dialogue’ विश्वास गर्छ कि—जबसम्म हामी अरूको ‘डिजाइन’ को डर पालेर बस्छौँ र आफ्नो ‘बौद्धिक स्तर’ अपग्रेड गर्दैनौँ, तबसम्म पात्र फेरिए पनि देशको अवस्था फेरिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun