कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ : ओली

अनलाइनसमय |
११ फागुन २०८२
कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ : ओली

काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । सोमबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘चुनाव निष्पक्ष वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनुपर्छ । मतदान केन्द्रमा पुग्न पाउनुपर्छ । स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ । यस कुरामा नेकपा एमाले अठिडग रहँदै आएको छ,’ ओलीले भने ।

साथै, उनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगर्न आग्रह गरे । ओलीले भने, ‘कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ । बुथ कब्जा गर्ने कसैले छुट दिइने छैन छैन । कसैले सक्नेवाला पनि छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस