राप्रपा द्वारा केन्द्रीय समितिको बैठक आह्वान

अनलाइनसमय |
६ जेठ २०८१
राप्रपा द्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा पार्टीले उठाउँदै आएको हिन्दु राष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार समसामयिक परिस्थितिबारे बैठकमा छलफल गरिनेछ ।

यस्तै बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा. धवलशमशेर जबराले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

पार्टीमातहतका विभिन्न समिति तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस