कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ देखि १९ दिन बन्द हुने

अनलाइनसमय |
३१ वैशाख २०८२
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ देखि १९ दिन बन्द हुने

काठमाडौं, ३१ वैशाख । हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरल सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म १९ दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको हो ।

पूर्वाधार विकास कार्यालय, हेटौँडाको अनुरोधमा सडक मर्मत तथा कालोपत्रेको काम सम्पन्न नहुँदासम्मका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएकोले हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न सूचनामा भनिएको छ ।

यस अवधिमा प्रशासनले यात्रु तथा सवारीचालकहरूलाई कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकजस्ता अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा भनिएको छ, ‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२० गतेसम्म (१९ दिन) उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन…।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस