‘निधारमा लेखेको हुँदैन, यो चोर होकि साधु भनेर’

अनलाइनसमय |
१५ वैशाख २०८२
‘निधारमा लेखेको हुँदैन, यो चोर होकि साधु भनेर’

काठमाडौं, १५ वैशाख । सांसद  प्रेम बहादुर आलेले ‘निधारमा लेखेको हुँदैन, यो चोर होकि साधु भनेर’ भन्दै डा. अम्रेश कुमार सिंहमाथी व्यङ्ग्य गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१ माथी विचार गरियोस्’ भन्ने विषयमा बोल्दै यस्तो व्यङ्ग्य गरेका हुन् ।

‘अघि मात्रै अम्रेश मान्यज्युले भनिसक्नु भएको छ, जुनियर मान्छेलाई ल्याएर डिजे बनाइयो, हो बनाइयो, मेरै पालामा बनेको हो,’ उनले भने, ‘तर निधारमा लेखेको हुँदैन नि यो चोर होकि राम्रो, साधु हो भनेर ।’

पार्टीको दबाबले गर्दा आफूले त्यसो गरेको उनले बताए । ‘त्यो बेलामा मैले धेरै पटक भनेको हो, जुनियर मान्छेलाई नबनाम भन्दा पनि पार्टीको दबाब सहन नसकेर उसलाई डिजे बनाइयो,’ उनले भने ।

साथै, सांसद आलेले भरहवा विमानस्थलको अवस्था उल्लेख गर्दै भने  अहिले विमानस्थल बन्नुपर्ने ठाउँमा भैँसी चरिरहेका छन् । यसले देशमा पूर्वाधार विकासमा देखिएको लापरवाही र ढिलासुस्तीप्रति उनले प्रश्न उठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस