काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले आन्दोलनरत शिक्षकहरूमाथि दमन गरेको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
शान्तिपूर्ण रूपमा आफ्ना माग राखिरहेका शिक्षकहरूलाई सरकारले बल प्रयोग गरेर दमन गरेको उनले बताए । ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो, आन्दोलन गरिरहेका शिक्षकहरूमाथि पानीको फोहोरा हान्दा दर्जनौँ शिक्षकहरू घाइते हुनुभएको छ,’ उनले भने ।
सांसद शर्माले सरकार शिक्षकहरूका जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिँदै बल प्रयोगको निन्दा गरे ।