१. सन्चै हुनुहुन्छ ? कस्तो छ चुनावी दौडधुप ?
-> सन्चै छु । हामी नेपाल वार एशोसियसनको आसन्न निर्वाचन केन्द्रित विभिन्न परिचालनका काममा संलग्न छौं । त्यहि भएर समयका हिसाबले व्यस्त नैं देखिन्छौं ।
२.उम्मेदवारहरुलाई मतदाता सॅग भेटघाट गराउने वातावरण कसरी मिलाइरहनु भएको छ ?
->अहिलेसम्म उमेद्वारहरुलाई मतदाता समक्ष भेटघाट गराउने वातावरण विभिन्न मिडियाहरु, परिचालन कमिटि, कार्यक्रमहरु मार्फत गराईरहेका छौं । विभिन्न वार इकाइहरुमा, भौगोलिक क्षेत्रमा रहेका व्यवसायीक क्षेत्रमा रहेका थुप्रै क्लस्टरहरुमा मतदाताहरुको वीचमा पुग्ने गरि हामीले उमेद्वारहरुको टोली परिचालन गरेका छौं । समय विभाजन गरेर उहाँहरु आफ्नो मतदाताका वीचमा जाने प्रयास गरिरहनु भएको छ । हामीलाई प्राप्त सुचना अनुसार उहाँहरुले महत्वपुर्ण रुपमा मतदाता समक्ष पुग्ने उपलव्धी प्राप्त गर्नु भएको छ ।
३. के एजेण्डा लिएर मतदातासॅग मत माग्दै हुनुहुन्छ ?
->अहिले वास्तवमा न्यायपालिका भित्रका बिकृती, विसङ्गती र भ्रष्टाचारलाई न्युनिकरण गर्ने गरि गर्ने थुप्रै महत्वपुर्ण एजेण्डाहरु हाम्रा विषयहरु छन् । न्यायिक समृद्दी, समाजवाद उन्मुख न्यायप्रणाली निर्माणका लागि गर्नु पर्ने वारको जे भुमिका हो त्यो भुमिका पुरा गर्नका लागि सबैभन्दा बढि समावेशिताका प्रत्येक पक्षलाई समेट्ने गरी उमेद्वारको टिम निर्माण गरेका छौं । यसमा विभिन्न विषय विज्ञहरुलाई समावेशिताका सबै पक्षमा समेटेर नैं टिमको निर्माण भएको छ । अहिले सम्म हामीले प्राप्त गरेको सुझावका आधारमा हामी भन्न सक्छौं चाहे निष्ठावान, चाहे पेशागत, चाहे अनुभवी वा विषय विज्ञताका हिसाबले प्रतिस्पर्धी समुहका प्रत्येक पदका उमेद्वारहरु भन्दा हाम्रा उमेद्वारहरु सबै हिसाबले बृहत्तर रहेको, उत्कृष्ट रहेको हामीले महशुश गरेका छौं ।
४. तपाईंको बुझाइमा मतदाताले यो पटक कस्तो नेता छनोट गर्लान् जस्तो लागिरहेको छ ?
->कानुन व्यवसायी भनेका सामाजिक अभियन्ताहरु हुन् । समाज विज्ञानका धेरै आवश्यकतालाई यो क्षेत्रबाट कसरी पुरा गर्न सकिन्छ भन्ने कुरामा मतदाताहरु चिन्तित छन् । यो चिन्ता, यो सरोकार र यो चासोलाई समाधान गर्नसक्ने त्यस्तो उर्जाशिल, त्यस्तो शसक्त र त्यस्तो आश्वस्त हुन सक्ने अनुभवी, व्यवसायीक र सक्षम नेतृत्व हाम्रो समुहले नै गरेको कारणले गर्दा हाम्रो समुह माथि नै मतदाताहरुको भरोसा रहेको छ ।