काठमाडौं, १२ वैशाख । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् ।
थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केही नरहेको उनले बताए । उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि उल्लेख गरे ।