प्रतिनिधिसभा बैठक वैशाखमा १० दिन चल्ने, यस्तो छ कार्यतालिका

अनलाइनसमय |
१२ वैशाख २०८२
प्रतिनिधिसभा बैठक वैशाखमा १० दिन चल्ने, यस्तो छ कार्यतालिका

काठमाडौं, १२ वैशाख । संघीय संसद्को बजेटे अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठक यस वैशाख महिनाभर १० दिन बस्ने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो महिनाभरको बैठक तालिका (क्यालेन्डर) अनुमोदन गरेको हो ।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार समितिले वैशाख महिनाभर प्रतिनिधिसभाको बैठक १० दिनसम्म सञ्चालन गर्ने गरी क्यालेन्डर पारित गरेको छ । अधिवेशन वैशाख १२ गते अर्थात् आजदेखि सुरु हुँदैछ ।

यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस