शिक्षक महासंघको अनुरोध : निजी विद्यालय पनि बन्द गरिदिनुस्

अनलाइनसमय |
७ वैशाख २०८२
शिक्षक महासंघको अनुरोध : निजी विद्यालय पनि बन्द गरिदिनुस्

काठमाडौं, ७ वैशाख। । नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगिसकेको भन्दै अब यसलाई निर्णायक बनाउन सहयोग गरिदिन महासंघले आग्रह गरेको छ । देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनसमेत शिक्षक–कर्मचारीलाई आग्रह गरिएको छ ।

‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिकभ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महासंघले भनेको छ । महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुनसमेत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस