काठमाडौं, ७ वैशाख । यस साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन गत शुक्रबार कारोबार भएकै मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।