शिक्षक आन्दोलनमा कांग्रेसको चासो, प्रधानमन्त्रीकै तहबाट वार्ताको माग

अनलाइनसमय |
२४ चैत २०८१
शिक्षक आन्दोलनमा कांग्रेसको चासो, प्रधानमन्त्रीकै तहबाट वार्ताको माग

काठमाडौं, २५ चैत । सत्ता साझेदार दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसको शिक्षा विभाग प्रमुख केन्द्रीय सदस्य नैनसिंह महरले विज्ञप्ति जारी गर्दै यसअघि नेपाल शिक्षक महासंघसँग भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्रीकै नेतृत्वमा वार्ता शुरू गर्न आग्रह गरेको हो ।

‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि विद्यालय शिक्षामा असर परेकोप्रति कांग्रेसले चासो व्यक्त गरेको छ । शैक्षिक सुधारका सम्बन्धमा सरकारले गरेका सम्झौता र सहमति कार्यान्वयनका लागि शिक्षा ऐन पारित गरिनुपर्ने माग गर्दै सडकमा शिक्षकहरू उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस