एक वर्षमै भित्रियो साढे ४८ अर्ब बढिको स्मार्टफोन

अनलाइनसमय |
७ साउन २०८३
एक वर्षमै भित्रियो साढे ४८ अर्ब बढिको स्मार्टफोन

काठमाडौं, ७ साउन । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा साढे ४८ अर्ब बढिको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत असारसम्ममा नेपालमा ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।

गत आवमा सो रकम बराबरको २२ लाख ६७ हजार ४१९ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।
सो अवधिमा नेपालबाट भने १० ओटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको २० लाख १९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस