casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पहिलोपटक चन्द्रमा पछाडिको दृश्य अवलोकन, ऐतिहासिक उडानपछि पृथ्वी फर्किँदै अन्तरिक्षयात्री

अनलाइनसमय |
२४ चैत २०८२
पहिलोपटक चन्द्रमा पछाडिको दृश्य अवलोकन, ऐतिहासिक उडानपछि पृथ्वी फर्किँदै अन्तरिक्षयात्री

काठमाडौं, २४ चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको ‘आर्टिमिस २’का अन्तरिक्षयात्रीहरू ऐतिहासिक चन्द्रमा फ्लाइ–बाइ पूरा गरेर पृथ्वी फर्किँदै छन् । साथै उनीहरूले आफ्नो अन्तरिक्षयानबाट पूर्ण सूर्यग्रहण पनि अवलोकन गरेका छन्, जुन चन्द्रमाको दृष्टिकोणबाट देखिएको पहिलो घटना हो ।

यो अन्तरिक्षयान चन्द्रमामा अवतरण गर्ने योजना नभई यसको पछाडिको भागबाट परिक्रमा गर्ने योजनामा थियो—जुन भाग पृथ्वीबाट कहिल्यै देखिँदैन ।

अभियानका कमाण्डर रिड वाइजम्यानले मानवले कहिल्यै नदेखेका दृश्यहरू अवलोकन गरेको बताएका छन् भने पाइलट भिक्टर ग्लोभरले अनुभव वर्णन गर्न शब्द नै नभएको प्रतिक्रिया दिएका छन् ।

FD03_from nana for dowmlink-OESC

चन्द्रमाको फ्लाइ–बाइका क्रममा अन्तरिक्षयान पृथ्वीबाट अधिकतम २५२,७५६ माइल (४०६,७७१ किलोमिटर) टाढासम्म पुगेको थियो । टोलीले यसअघि नै मानवले अन्तरिक्षमा यात्रा गरेको सबैभन्दा टाढाको दूरीको कीर्तिमान तोडिसकेको थियो । यसअघि १९७० मा Apollo 13 ले बनाएको रेकर्ड कायम थियो।

चन्द्रमाको पछाडिको भागमा हुँदा अन्तरिक्षयात्रीहरूको नासासँग सम्पर्क ४० किनेटसम्म टुटेको थियो । सम्पर्क पुनःस्थापित भएपछि मिशन विशेषज्ञ क्रिस्टिना कोचले भनिन्, ‘पृथ्वीबाट फेरि आवाज सुन्न पाउँदा धेरै खुसी लाग्यो ।’

अन्तरिक्षयात्रीहरू शुक्रबार अमेरिकी समयअनुसार साँझ २०ः०७ बजे अमेरिकाको पश्चिमी तट नजिक प्रशान्त महासागरमा अवतरण गर्ने छन् ।
यसैबीच, नासाकी विज्ञान प्रमुख डा. निकोल फक्सले यो मिशन चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति स्थापना गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताएकी छन् । उनका अनुसार सन् २०२८ मा प्रक्षेपण हुने ‘आर्टिमिस ४’ ले १९७२ पछि पहिलो पटक मानवलाई पुनः चन्द्रमामा अवतरण गराउनेछ ।

उनका अनुसार नासकाको अन्तिम लक्ष्य अन्तरिक्षयात्रीहरूलाई त्यहाँ निरन्तर बसोबास र काम गर्न सक्षम बनाउनु हो, जसले ‘अन्वेषणको अर्को ठूलो कदम’का रूपमा मंगल ग्रहमा मानव पठाउने बाटो खोल्नेछ ।

गुरुत्वाकर्षणको नियन्त्रण र अन्तरिक्षयान बाहिर तुरुन्त मृत्युको जोखिम
पूर्व अन्तरिक्षयात्री क्रिस्टिना कोचका अनुसार यो मिशनमा चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गरी अन्तरिक्षयानलाई पृथ्वीतर्फ फर्काइएको हो ।
उनले गहिरो अन्तरिक्षमा अन्तरिक्षयात्रीहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै बाहिरको वातावरण केही मिलिमिटरको आवरण बाहिरै घातक रहेको बताए ।

उनले भनेः ‘उनीहरू गहिरो अन्तरिक्षमा छन् जहाँ उद्धार गर्ने कुनै उपाय छैन, पृथ्वीमा नपाइने अत्यन्त कडा विकिरणको सामना गरिरहेका छन् र त्यो पातलो एल्युमिनियमको आवरणको केही मिलिमिटर बाहिर तुरुन्त मृत्युको जोखिम छ । पूरा १० दिने यो मिशन त्यति सुरक्षित त छैन, तर आज खासै केही भएन । आज भएको मुख्य कुरा भनेको चन्द्रमा अन्तरिक्षयानको नजिकबाट गुज्रियो ।

उनका अनुसार यो मिशनमा कुनै जटिल मेनुभर नगरी चन्द्रमाको गुरुत्वाकर्षणले नै अन्तरिक्षयानको मार्ग मोडेर पृथ्वी फर्काएको हो । ‘सर आइज्याक न्यूटनको नियमअनुसार गुरुत्वाकर्षणले नै अहिले अन्तरिक्षयानलाई नियन्त्रण गरिरहेको छ,’ उनले भने ।

मानव आँखाले पहिलोपटक देखिएको चन्द्रमाको पछाडिको भाग
चन्द्रमाको पछाडिको भाग पहिले उपग्रहहरूले तस्बिर खिचिसकेका भए पनि यसपटक अन्तरिक्षयात्रीहरूले आफ्नै आँखाले प्रत्यक्ष अवलोकन गरेका छन् । टोलीले डिजिटल क्यामेरा प्रयोग गरी तस्बिर खिचेका थिए । तर वैज्ञानिकहरूका लागि उनीहरूले देखेका प्रत्यक्ष अनुभव अझ महत्वपूर्ण मानिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका खगोलभौतिकी प्राध्यापक क्रिस लिनटटका अनुसार यस्ता तस्बिरहरूको मूल्य वैज्ञानिकभन्दा बढी कलात्मक हुन सक्छ । तर विज्ञान संग्रहालयकी क्युरेटर एबी म्याककिन्नन भन्छिन्, ‘उपग्रहबाट प्राप्त तस्बिरहरू भए पनि मानव आफैंले के हेर्ने र के खिच्ने भन्ने निर्णय गर्नु फरक र महत्वपूर्ण अनुभव हो ।’

यस मिशनले चन्द्र अन्वेषणमा नयाँ अध्याय सुरु गर्नुका साथै भविष्यमा मंगल ग्रहसम्म मानव पठाउने योजनाको आधार तयार पार्ने विश्वास गरिएको छ ।

FD02_GMT 093 Crew & Post-TLI Earth Artemis II Crew 1004

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun