casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अल्जाइमरबारे थाहा पाउनैपर्ने केही तथ्य

अनलाइनसमय |
२१ असार २०८१
अल्जाइमरबारे थाहा पाउनैपर्ने केही तथ्य

अस्मिता सापकोटा
काठमान्डौ, २१ असार । दैनिक जीवनमा मानिसले सामान्यतया कुनै न कुनै बेला केही कुरा बिर्सिने गर्छन् । यदाकदा कुनै कुरा बिर्सनुलाई सामान्य वा स्वाभाविक नै मानिन्छ । तर बिर्सने मात्रा, बिर्सने प्रकार वा अवस्थाअनुसार यो असामान्य वा गम्भीर समस्याको रूपमा समेत रहने गरेको छ । अझ भन्नुपर्दा यो एउटा रोगको रूपमा देखिने गर्छ ।

अल्जाइमर बिर्सने लक्षण अधिक हुने एक प्रकारको रोग हो । डिमेन्सियाको सबैभन्दा सामान्य स्वरूप अल्जाइमर हो । डिमेन्सिया मस्तिष्क, स्मरणशक्ति, सोच, व्यवहार र भावनामा असर गर्ने रोगहरुलाई बुझाउने साझा शब्द हो । यो समयसँगै बढ्दै जाने रोग हो, जुन स्मरणशक्तिमा हल्का ह्रासबाट सुरु हुन्छ । यो रोग लागेका बिरामीले पछि गएर कुराकानी गर्ने र प्रतिक्रिया दिन सक्ने क्षमता गुमाउँछन् । यसले दिमागका भागहरूलाई हानि गर्छ, जसको कारण यसले व्यक्तिको दैनिक गतिविधिहरू गर्ने क्षमतालाई गम्भीर रूपमा असर गर्छ । डिमेन्सिया भएका ५०–६०% मानिसहरूमा अल्जाइमरका बिरामी पर्छन् । डिमेन्सियाका अन्य प्रकारहरू भास्कुलर डिमेन्सिया, लेवी बडी डिमेन्सिया र फ्रन्टो–टेम्पोरल डिमेन्सिया हुन् ।

को थिए अल्जाइमर रोग पत्ता लगाउने ?

सन् १९०६ नोभेम्बर ३ मा अलोइस अल्जाइमरले एक ५० वर्षकी महिला अगस्टे डी. मा यो रोग पत्ता लगाएका हुन् । अल्जाइमरले नोभेम्बर १९०१ देखि लामो समयसम्म उक्त महिलाको अध्ययन, अनुसन्धान गरे । उनलाई सुरुदेखि उक्त महिलाको रोगको लक्षण र सुधारमा रुचि थियो । त्यसैले उनले महिलालाई लागेको असामान्य रोगको विकासको सूक्ष्म अवलोकन गरेका थिए । उनले साउथ वेस्ट जर्मन साइकाइट्रिस्टहरुको ३७ आंै भेलामा यो रोगसम्बन्धी एक रिपोर्ट प्रस्तुत गरेका थिए । उक्त रिपोर्टमा उनले अगस्टे डी.मा देखिएको अत्यधिक निन्द्रा, स्मृतिमा गडबडी, आक्रामकता र भ्रम जस्ता लक्षणको बयान गरेका थिए । उनको रिपोर्टमा मस्तिष्कमा न्यूरोफिब्रिलरी ट्यांगलहरू भएको उल्लेख थियो । त्यतिबेला उनकोे उक्त प्रतिवेदनप्रति अन्य वैज्ञानिक र विज्ञहरूले खासै वास्ता गरेनन् । यसबाट उनी निराश थिए । उनको उक्त व्याख्यान सम्मेलनको एक वर्षपछि सार्वजनिक पे्रसमा प्रकाशित भयो ।

पेरुसिनी र अल्जाइमरले सन् १९०६ पछि अगस्टे डीको जस्तै तीनओटा थप केसहरू अवलोकन गरे । पेरुसिनीले १९०९ मा यी सबै केसहरू क्लिनिकल र हिस्टोप्याथोलोजिकल विवरण सहित प्रकाशित गरे । यसरी अल्जाइमर रोगको पहिचान भयो । पछि सन् १९१० मा उनैको नामबाट अल्जाइमर रोगको नामाकरण गरियो ।

यो रोग अति दुर्लभ रोग भएकाले, रोगको पहिचान भएको ५० वर्ष सम्म पनि यो रोगबारे अन्य अनुसन्धानकार्य खासै भएनन् । तर पछिल्ला दशकमा यो रोगको प्रभाव बढ्दो छ ।

विश्वमा प्रत्येक ३ सेकेन्डमा एक डिमेन्सियाका बिरामी थपिन्छन् । २०१५ को विश्व अल्जाइमर प्रतिवेदनको तथ्यांक अनुसार विश्वमा ५ करोडभन्दा बढी डिमेन्सियाका रोगी रहेको अनुमान गरिएको छ । यो संख्या हरेक २० वर्षमा लगभग दोब्बर हुनेछ । २०३० सम्ममा ८ करोड २ लाख र २०५० मा १५ करोड २ लाख पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनले नेपालमा सन् २०१५ मा अल्जाइमर रोगका करीब ७८ हजार बिरामी रहेको र यो संख्या हरेक २० वर्षमा दोब्बर हुने उल्लेख गरेको छ । नेपालमा हरेक वर्ष डिमेन्सियाको प्रकोप तीव्र गतिमा बढ्दै गएको तथ्य हुँदाहुँदै पनि यसलाई चिकित्सकीय हेरचाह आवश्यक पर्ने रोगको रूपमा लिइँदैन, बरु नेपाली समाजमा मानसिक रोग भएका व्यक्तिहरूलाई पहिचान गरी मानसिक रोगीका रूपमा उपचार गर्ने गरिएको छ । अहिलेसम्म नेपाल सरकारले डिमेन्सियाको निदानको लागि कुनै विशेष स्वास्थ्य सेवाहरू तोकेको छैन । निजी क्षेत्रद्वारा सञ्चालित सीमित हेरचाह गृहहरू सुरु भए तापनि प्रशिक्षित स्वास्थ्यकर्मीको अभावमा प्रभावकारी कार्य हुन सकेको छैन ।

अल्जाइमर रोगका लक्षणहरू

अल्जाइमरका लक्षणहरू व्यक्ति व्यक्तिमा भिन्न हुन सक्छन् । स्मरणशक्तिमा ह्रास आउनु सामान्यतया रोगको पहिलो लक्षणमध्ये एक हो । आफूले सही रूपमा भन्न खोजेका शब्द नआउनु, दृश्यचित्र बुझ्न समस्या हुनु, तर्क गर्ने वा निर्णय गर्ने क्षमता कमजोर हुनु पनि अल्जाइमरका प्रारम्भिक लक्षण हुन् । रोग बढ्दै जाँदा लक्षणहरू अझ गम्भीर हुँदै जान्छन् । अल्जाइमर रोगका तीनओटा चरण छन् । ती सबै चरणमा भिन्नभिन्न लक्षण देखापर्छन् ।

क. प्रारम्भिक चरणमा देखिने लक्षणहरू

१. स्मरण शक्तिमा ह्रास आउनु

२. निर्णय लिन नसक्नु

३. कामलाई निरन्तरता दिन नसक्नु वा कुनै नयाँ कामको थालनी गर्न नसक्नु

४. दैनिक क्रियाकलापमा धेरै समय लगाउनु वा धेरै अलमल गर्नु

५. पैसाको कारोबार गर्न समस्या हुनु

६. सामान हराउनु वा जथाभावी राख्नु

७. नैराश्य बढ्नु

ख. मध्यम चरणमा देखिने लक्षणहरु

१. आफ्नै विगतका घटना बिर्सनु

२. सामाजिक गतिविधिबाट पछि हट्नु

३. नयाँ कुरा सिक्न नसक्नु

४. भाषामा असहजता हुनु, बोल्न, लेख्न अफ्ठेरो हुनु

५. तर्कसंगत विचार गर्न र सोच्न कठिनाइ हुनु

६. कुनै कुरामा लामो समय ध्यान दिन नसक्नु

७. नयाँ परिस्थितिहरुको सामना गर्न नसक्नु

८. निन्द्रा बिथोलिनु, दिनमा धेरै सुत्ने अनि रातिमा छट्पटिने हुनु

९. भ्रम हुनु

१०. भावनात्मक रूपले कमजोर हुनु

११. छटपटी बढ्नु, धेरै चिन्तित देखिनु

१२. एउटै कुराहरु दोहोर्‍याइरहनु

ग. अन्तिम चरणमा देखिने लक्षणहरू

गम्भीर अल्जाइमर भएका व्यक्तिहरू वरिपरिका मानिससित कुराकानी गर्न सक्दैनन् । उनीहरूको हेरचाहका लागि पूर्ण रूपमा अरूको साथ, सहयोग चाहिन्छ । साथै यो अवस्थामा उनीहरू जीवनको अन्त्यको नजिक हुन्छन् । त्यो अवस्थामा उनीहरूमा निम्न लक्षण तथा समस्या देखिन्छ :

१. वरिपरि के भइरहेको छ भन्ने थाहा नपाउनु

३. खानमा रुचि नहुनु, तौल घट्नु

४. खानेकुरा निल्न गाह्रो हुनु

५. निन्द्रामा कराउनु

६. धेरै निदाउनु

७. दिसापिसाब ओछ्यानमै हुनु

अल्जाइमरको गम्भीर अवस्थामा पुगेका बिरामीले खाना राम्रोसँग निल्न सक्दैनन्, जसले गर्दा खाना फोक्सोमा जाने सम्भावना बढी हुन्छ । त्यसले अर्को ठूलो समस्या ल्याउँछ । अल्जाइमर भएका प्रायः मानिसको मृत्यु ‘एस्पिरेशन निमोनिया’का कारण हुन्छ ।

(विभिन्न जर्नल तथा एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun