काठमाडौं, १६ मंसिर । यस वर्षको ११ महिनामा साढे १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२४ नोभेम्बरसम्ममा विभिन्न देशबाट १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा ४ दशमलव ०४ प्रतिशतले बढी हो । सन् २०२३ को ११ महिनामा १० लाख […]
काठमडाौं, ३ मंसिर । पछिल्लो समय विदेशी लगानीकर्ताको आकर्षण नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनामा करिब २० अर्ब लगानी प्रतिबद्धता आएकोमा त्यसको आधाभन्दा बढी पर्यटन क्षेत्रमा छ । उद्योग विभागको तथ्याङ्क अनुसार नेपालमा कार्तिकसम्ममा स्वचालित प्रणाली (अटोमेटिक रुट), स्वीकृति र शेयर खरिदलगायतमा १९ अर्ब ८० करोड १२ […]
काठमाडौं, २७ कार्तिक । कतार एयरवेजको जहाज मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार सो जहाजमा रहेका ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् । बाँकी ३२ जना काठमाडौं आउने छन् […]
काठमडौँ, २६ कार्तिक । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार कतार एयरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको हो । कतार एयरवेजले १५ मंसिरसम्मका लागि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एउटा उडान गर्ने गरी क्यानमा विन्टर सेड्युल पेस गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारले दैनिक एक […]
काठमाडौं, १९ कार्तिक । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो । थाई एसियाको विमान आइतबार बिहान ६ः५५ बजे थाई चालक दलका सात सदस्यसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र […]
काठमाडौं, ११ कार्तिक । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ सम्ममा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् । कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० […]
काठमाडौं, ४ कार्तिक । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ । मिश्रको शव आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइ श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको छ । […]
काठमाडौं, १ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ । मन्त्रालयले ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई पत्राचार गर्दै पशुपति गौशाला धर्मशाला खाली गराउने काम अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन दिएको हो । कोषले २३ असोजमा गृहमन्त्रालयलाई […]
काठमाडौं, २२ असोज । सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय […]
काठमडाौं, १८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु गराए । नेपालको पर्यटन क्षेत्रको […]