काठमाडौं, ३१ भदौ । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कुल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् । विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा […]
काठमाडौं, ३१ भदौ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ । आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । गल्फ खेल्दै गरेका ट्रम्पभन्दा केही सय मिटर टाढा झाडीमा लुकेर बसेको अवस्थामा शंकास्पद व्यक्ति देखिएपछि सुरक्षाकर्मीले उनीमाथि गोली चलाएका थिए । […]
काठमाडौं, २८ भदौ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । शुक्रवार भारतको सर्वोच्च अदालतका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलाशले केजरीवाललाई १० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएसँगै उनी रिहा भएका हुन् । केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । यसअघि केजरीवालले सीबीआईमा दुईवटा निवेदन दिएका थिए । एउटा […]
काठमाडौं, २७ भदौ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको हो । निधनका बारेमा उनकी छोरीले जानकारी दिएको बिबिसीमा उल्लेख छ । फुजिमोरीले सन् १९९० देखि २०००सम्म शासन सत्ता लगाउँदा चरम भ्रष्टाचार र कम्यूनिष्ट अभियानविरुद्ध चर्को दमनचक्र चलाएकी थिइन् । […]
काठमाडौं, २६ भदौ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले उनका प्रतिसपर्धी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । ’द एबीसी न्युज प्रेसिडेन्सिय डिबेट’मा बुधबार बिहान ट्रम्प र ह्यारिस नर्वाचनअघिको टेलिभिजन बहसमा आमनेसामने भएका थिए । सो क्रममा ट्रम्पले ह्यारिसलाई यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको […]
काठमाडौं, २ साउन । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको हो । दूतावासले बुधवार सूचना जारी गर्दै कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न […]
अस्मिता सापकोटा काठमाडौँ, २७ असार। ग्रीन हाइड्रोजन सम्बन्धी अनुसन्धान, सम्भाव्यता र उपयोग विश्वमाझ एउटा महत्वपूर्ण विषय बनेको छ । जर्मनी, जापान, चीन, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, फ्रान्स, दक्षिण कोरिया लगायतका देशहरू ग्रीन हाइड्रोजनको उत्पादनमा अग्रपंक्तिमा छन् । यसैगरी नेपालमा पनि गत कात्तिकमा काठमाडौं युनिभर्सिटी (केयू)ले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगको सफल परीक्षण गरिसकेको छ । […]
अस्मिता सापकोटा काठमाडौँ, २५ असार । लगानी बैंकिङ फर्म जेफरिजका विश्लेषकहरूले गत फेबु्रअरीमा प्रकाशित गरेको टिप्पणी अनुसार भारतले जापान र जर्मनीलाई उछिनेर सन् २०२७ सम्ममा आफूलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रूपमा उभ्याउने अनुमान गरिएको छ । एक दशक अघि भारत विश्वको नवौं ठूलो अर्थतन्त्रको स्थानमा थियो । हालैको तथ्याङ्कले ३.७ ट्रिलियन अमेरिकी डलर कुल गार्हस्थ्य उत्पादन […]
काठमाडौं, १३ असार । हिंसात्मक प्रदर्शन बढेपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय गरेको हो । केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गरेका हुन् । विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो । संसदले […]
काठमाडौं, १२ असार । भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसद बिरलालाई सभामुख चयन गर्ने प्रस्ताव पेस गरेका थिए । उनलाई अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरेका थिए । इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल […]