काठमाडौं, ३ जेठ । नेकपा एकीकृत समाजवादीले आगामीे महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने भएको छ । पार्टीको सचिवालय बैठकले आगामी असार १६ गते देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरूले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन […]
काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य रुपमा संसदमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई सन्देश पठाएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । यही जेठ १ गते संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति […]
काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताए । उनले भने, ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन । यस्तो हुन्छ ? ‘अब बकबास सुनिरहन हामी […]
काठमाडौं, २ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ । बर्तौलाका अनुसार उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त […]
काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गठन भएको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । सोमबार यादवले निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दिएका हुन् । यादवले नयाँ दल दर्ता अवैधानिक […]
काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची निकालेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकल सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय गरेको छ । बैठकपछि […]
काठमाडौं, ३१ वैशाख । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । ‘विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा पदबाट राजीनामा दिन चाहन्छु,’ यादवले दिएको राजीनामा पत्रमा उल्लेख छ । यस्तै वन तथा […]
काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेको छ । बिहीबार (आज)बाट सुरू भएको बर्खे अधिवेशनको पहिलो बैठक नै कांग्रेसले अवरोध गरेको हो । बैठक सुरू हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् । उनीहरूले […]
काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकार चिरञ्जीवी नेपालमाथि प्रश्न उठाएका छन् । शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयबारे राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताए । उनले भने, ‘नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा अर्को देश करायो […]
काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । शुक्रबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेको पछाडि प्रहरी नभई कांग्रेस लागेको बताए । यस्तै अध्यक्ष ओलीले कांग्रेसले भने […]