काठमाडौं, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यालयका अनुसार पोर्चुगलका […]
काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । ‘नेपाल चीन केवल […]
काठमाडौं, २८ मंसिर । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं […]
काठमाडौं, २८ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिकमा चालू खाता करिब डेढ अर्ब बचतमा रहेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आवको कार्तिकमा चालू खाता १ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा यस्तो खाता ९७ […]
काठमाडौं, २८ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ६० प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव २२ प्रतिशत विन्दुले बढी हो । गत आवको कार्तिकमा यस्तो मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा महिनामा खाद्य तथा […]
काठामाडौं, २७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ । त्रिभुवन विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा निर्माणका कामको गति बढिरहेका कारण यात्रु […]
काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग गरेका छन् । काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताएको राससमा उल्लेख छ । काठमाडौँ महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० […]
काठमाडौं, २६ मंसिर । सिमेन्ट उद्योगी व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् । बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । छलफलपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता […]
काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त ड. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् । कार्यक्रममा सञ्चार […]
काठमडौं, २५ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् । ७६औँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा मंगलबार ललितपुरमा गरिएको आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए । कार्यक्रममा उनले भने, ’राज्य र राजनीतिक शक्तिहरू मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । […]