फागुन-१५, काठमाडौं । निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् । काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) विद्यालय रहेकामा […]
फागुन-१५, काठमाडौं । बुधबार बिहान करिब १० बजेतिर कार्यक्रम स्थल तेह्रथुमको चुहानडाँडा पुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले छोटो मन्तव्य व्यक्त गर्ने क्रममा खराब मौसमका बारेमा पनि चर्चा गरेका थिए । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । […]
फागुन-१५, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सहित सात जनाको ज्यान गएको पुष्टि भइसकेको छ । प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा ज्यान […]
फागुन-१५, काठमाडौं । उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ । बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् । बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा […]
फागुन-१३ काठमाडौं । नयाँबानेश्वर बुद्धनगरमा अवस्थित के एम सी स्कुलले अभिभावक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । गतहप्ता तह गत रुपमा विभाजन गरेर अभिभावकहरुलाई विद्यालयको कार्यक्रमहलको शान्त वातावरणमा तालिम उपलव्ध गराइएको थियो । अभिभावकहरुको लागि राखिएको कार्यक्रममा अधिकांश अभिभावकहरु आ-आफ्ना ड्युटि मिलाएर कार्यक्रममा बसेको देख्दा कार्यक्रमको औचित्यताको थप पुष्टि हुन्थ्यो । मनोवैज्ञानिक परामर्शदाताहरुको उच्चस्तरको प्रशिक्षणबाट […]
फागुन-११, काठमाडौं । २०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यवसायिक कारोबार गर्न शुरु गरेको संस्थानले आफ्नो ५२औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । स्थापनाको ५१ वर्ष पूरा गरी ५२औं वर्षमा प्रवेश गरेको संस्थानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गर्यो । कार्यक्रमको उद्घाटन […]
फागुन-९, काठमाडौँ । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ। थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो। नेपालका लागि इन्दु बर्माले २९, सीता राना मगरले १८ रन बनाउनुबाहेक […]
फागुन-८, काठमाडौं । सरकारले गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्दै एकै पटक ६ जना सचिवहरूको सरुवा गरेको छ । ठाकुरको खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् । एक जना सहसचिवलाई सचिवमा बढुवा […]
फागुन-८, काठमाडौं । घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ । नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ । नेपाल खुला विश्व विद्यालयले आगामी छ महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्दैछ । यसपछि […]
फागुन-६, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि आज (सोमबार) मनोनयन दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानून व्यवसायीहरुले प्यानलै बनाएर उम्मेदवारी दिएका हुन । सत्तारुढ नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ […]