काठमाडौं, १७ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार त्रिवि मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो । काडमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ […]
काठमाडौं, १७ मंसिर । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनाएको हो । खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ […]
काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले मुख्य प्रायोजकको रुपमा महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच कर्णाली र महिन्द्राबिच सम्झौता भएको हो । सम्झौतापत्रमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले हस्ताक्षर गरे । कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष […]
काठमाडौं, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन् । कर्णालीले वाल्टन र […]
काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरूले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए […]
काठमाडौं, ३० कार्तिक । पहिलो पटक विश्वकपमा छनोट भएर इताहास रच्न सफल नेपाली यू–१९ महिला क्रिकेट टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि […]
काठमाडौं, २७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । मंगलबार टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । सुदूरपश्चिमको जर्सी पहेंलो रङको छ । मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित […]
काठमाडौं, २६ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् । प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए । यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने उनको भनाइ छ […]
काठमाडौं, २६ कार्तिक । अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा घोषणा गरेको हो । नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै लुम्बिनी लाइन्समा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे […]
काठमडाौं, २२ कार्तिक । नेपालले आईसीसी यू–१९ टी–२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ । युएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको हो । दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर […]