कोइका स्वयंसेवकद्वारा नमोबुद्धमा पर्यटक सूचना केन्द्र निर्माण

अनलाइनसमय |
२७ फागुन २०८१
कोइका स्वयंसेवकद्वारा नमोबुद्धमा पर्यटक सूचना केन्द्र निर्माण

काठमाडौं, २७ फागुन । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को सहयोगमा कोइका स्वयंसेवक श्री यंगम्यान लिमले “नमोबुद्ध पर्यटक सूचना केन्द्र निर्माण गर्ने परियोजना“ सफलतापूर्वक सम्पन्न गरेका छन् ।

यस परियोजनामा नमोबुद्ध स्तुपा नजिकै ३२ बर्गमिटर हलुका स्टिल संरचनाबाट बनेको भवन निर्माण गरिएको छ । केन्द्र आधुनिक सुविधा सम्पन्न रहेको छ, जसमा एयर कन्डिसन, फर्निचर, इनर्भटर प्रणाली, कम्प्युटर, प्रिन्टर र शौचालय समावेश छन्। यसमा विशेष आन्तरिक डिजाइन गरिएको छ।

केन्द्रले प्रचारात्मक ब्रोसर, प्लेकार्डहरू प्रदान गर्नुका साथै सुविधा व्यवस्थापन गर्न अपरेटर रहेको छ । कोइकाले लगभग ४ लाख १ हजार ९१६ योगदान गरेको छ, परियोजनाको लागि नगरपालिकाले जग्गा र प्राविधिक सहयोग प्रदान गरेको थियो ।
यस केन्द्रलाई पर्यटन प्रवद्र्धनको मुख्य केन्द्रका रूपमा प्रयोग गरिनेछ र यसले स्थानीय किसानहरूलाई जैविक उत्पादन बेच्नका लागि स्थान उपलब्ध गराएर सहयोग गर्नेछ । यो परियोजनाबाट स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू लाभान्वित हुनेछन् ।

कोइकाले २०१८ देखि नमोबुद्ध नगरपालिकासँग साझेदारी गर्दै आएको छ । २०२४ मा, कोइकाले स्थानीय पर्यटन विकासलाई सहयोग गर्न श्री यंगम्यान लिमलाई १५ महिनाको लागि पर्यटन KOV को रूपमा पठाएको थियो । परियोजना हस्तान्तरण समारोह मार्च ११, २०२५ मा नमोबुद्ध स्तूपा परिसरमा आयोजना गरिएको थियो । कार्यक्रममा कोइकाका देश निर्देशक श्री मुहेओन कोङ, नमोबुद्ध नगरपालिकाका मेयर श्री कुन्साङ लामा, अर्थ मन्त्रालय, अध्यागमन विभाग, श्रम तथा व्यावसायिक सुरक्षा विभाग, नगरपालिकाका कर्मचारीहरू साथै वडा प्रतिनिधि र नमोबुद्ध नगरपालिकाका स्थानीय जनता सहित तीन मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कोइका नेपाल कार्यालयका देश निर्देशक श्री मुहेओन कोङले श्री लिमको समर्पण र प्रभावकारी योगदानको लागि प्रशंसा गरे । उनले स्वयंसेवकहरूसँगको अमूल्य सहकार्यको लागि नगरपालिका र उनीहरूका कर्मचारीहरूप्रति पनि कृतज्ञता व्यक्त गरे । नगरपालिकाले आगामी वर्षहरूमा पहलसँग सम्बन्धित थप उपकरण र वस्तुहरू समावेश गरेर परियोजना विस्तार गर्न जारी राख्ने उनले बताए ।

कोइकाको स्वयंसेवा कार्यक्रम साझेदार देशहरूको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउने मुख्य कार्यक्रमहरू मध्ये एक हो । कोइकाले विशेषज्ञता, ज्ञान र अनुभवको आवश्यकता अनुसार कोरियाली राष्ट्रिय स्वयंसेवकहरूलाई साझेदार सरकारी संस्थाहरूमा पठाउँछ । प्रत्येक स्वयंसेवकले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सूचना प्रविधि आदि जस्ता विभिन्न क्षेत्रहरूमा १ वर्ष नेपालमा सेवा गर्छन्। हाल, कोरिया र नेपाल सरकारहरू बीचको सम्झौता अनुसार ७ जना कोइकाको स्वयंसेवकहरू विभिन्न सरकारी क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छन्। हालसम्म ४१० जना कोइका स्वयंसेवकहरूले नेपालमा विभिन्न क्षेत्रमा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस