काठमाडौं, २३ फागुन । नेपाली बजारमा लगातार चार दिनदेखि बढिरहेको सुनको मुल्य आज भने घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी ५ रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।