काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्ष नाघेकाहरूलाई राष्ट्रिय परिचय पत्र लागू नगर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय परिचय पत्र लागू गर्ने भए घर–घरमै गएर दिने व्यवस्था मिलाउन माग गरे ।
‘अहिले देशव्यापीरूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस् । यो लागू गर्ने अवस्था भयो भने प्रत्येक पालिकाको वडामा नै दिने व्यवस्था र सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरोस्,’ उनले भने ।