काठमाडौं, ७ फागुन । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भको अवसरमा देउवा भारत भ्रमणमा जान लागेका हुन् ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा बिहीबार भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।
उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । ४५ दिन चलेको महाकुम्भ मेला १४ फागुनमा सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए ।
