प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

अनलाइनसमय |
७ फागुन २०८१
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

काठमाडौं, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ सिन्धुपाल्चोकका डा छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ मोरङका डा.विराजसिंह थापा, कीर्तिमानी पर्वतारोही गोरखाकी पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ काठमाडौंका आभाष मास्के र गोरखाका हरिराम श्रेष्ठ पुरस्कृत घोषित भएका हुन् ।

यस्तै चिकित्सा क्षेत्रतर्फ महोत्तरीका डा ओम मूर्ति अनिल, खेलकुदतर्फ लमजुङकी सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ भक्तपुरका रवीन्द्र पुरी, मानवसेवा तथा समाजसेवातर्फ काठमाडौंकी दिलशोभा श्रेष्ठ र गोरखाका रामजी अधिकारी पुरस्कृत भएका छन् ।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस