सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
६ फागुन २०८१
सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ फागुन । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सोमबार तोलामा १२ सय रुपैयाँले बढेको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस